११ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा

  बैशाख २९, २०८०

काठमाडौं, वैशाख २९ : नेपालमा कुल कोरोना संक्रमितमध्ये ११ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२९ जना संक्रिय संक्रमित मध्ये ११ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

जसमध्ये तीन जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार हुँदै छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ। २४ घण्टामा ९१६ जनाको कोरोना परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको छ। सोही समयमा १२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ११ हजार १११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया