काठमाडौं, २३ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेसँगै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।
सत्ता गठबन्धनको बैठक शनिबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो।
ओली र दाहालको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनुभयो । नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताउनुभएको थियो ।






