स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान : फोहर पाल्नेलाई कारबाही

  बैशाख २२, २०८०

पोखरीया, २२ वैशाख : सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।

वीरगञ्ज महानगरपालिकाले आज जथाभावी फोहर फाल्ने एक जनालाई कारबाही गरी रु ५० हजार जरिवाना तिराएको छ । वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरेको हो ।

वीरगञ्ज सहरलाई सफा र स्वच्छ राख्न सरसफाइ र सौन्दर्यकरण अभियानअन्तर्गत महानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई नगद रु एक हजारदेखि ५१ हजारसम्म जरिवाना तिराउँदै आएको महानगरका मेयर राजेशमान सिंहले जनाएका छन् । महानगरले यसअघि वीरगञ्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहर गरेको भन्दै रु ५१ हजार जरिवाना गरेको थियो ।

तपाईको प्रतिक्रिया