काठमाडौँ, २२ वैशाख : नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २१ को उपधारा १० बमोजिम डा रिजाललाई आज मनोनयन गर्नुभएको हो ।






