प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

  बैशाख १९, २०८०

बाजुरा, १९ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनका लागि गठबन्धन दलहरुसँग छलफल भइरहेकाले केही दिनभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिका कारण प्रदेश सरकार गठनमा प्रभाव परेको बताउनुभयो ।

मुख्यमन्त्री शाहका अनुसार सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरुसँग समन्वय र छलफल भइरहेको छ । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र त्यसपछि राष्ट्रिय राजनीतिमा भएको नयाँ गठबन्धनको प्रभावले सरकार विस्तारमा ढिलाइ भएको र अब चाँडै प्रदेश सरकार गठन प्रक्रियाअघि बढ्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया