काठमाडौं, १९ वैशाख : दार्चुलामा यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।
ब्यास गाउँपालिका–१ बोलिनमा यार्सा खोज्न गएका ८र९ जना व्यक्तिहरु त्रिपालमा बसेको बेला हिमपहिरोमा पुरिएको भन्ने खबर खाएपछि सशस्त्रको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्रको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टाली अहिले घटनास्थलतर्फ गएको छ।






