जहाज भैरहवा कट्यो, त्रिभुवन विमानस्थलमा ल्याण्ड नहुने

  बैशाख ११, २०८०

काठमाडौं, ११  वैशाख : फ्लाइ दुबइको जहाज भैरहवा पुगेको छ । त्रिभुवन विमानस्थलमा आकस्मिक ल्यान्ड नहुने भएको छ ।काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको थियो ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको
जानकारी आएको बताए । जहाजमा १६७ यात्रु रहेका छन् ।

उता क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले पनि देब्रै इन्जिनमा आगो लागेको विमानको अवस्थ सामान्य हुँदै गएको भन्दै गन्तव्यतर्फ गएको जानकारी दिएका छन् ।

सचिवालयका अनुसार जहाज नेपालगञ्जको आकाशबाट केहीबेरअघि गन्तव्यतर्फ उडान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया