काठमाडौँ, ११ वैशाख : नेपाल एकेडेमी अफ साइकोलोजीले स्कोप अफ होप फाउन्डेसन, मुम्बईसँगको सहकार्यमा अटिजमलगायत विशेष अवस्था भएका बालबालिकाका, अभिभावक र शिक्षकहरुका लागि तीनदिने विशेष शिक्षण तालिम सम्पन्न गरेको छ ।
यही वैशाख ८, ९ र १० गते सञ्चालित तालिम समापनका अवसरमा वरिष्ठ समाजसेवी प्रकाश रायमाझीले विशेष अवस्थाका बालबालिकाको हितमा सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
समाजसेवी रश्मी गिरीको अगुवाइमा भएको तालिममा भारतीय पुनर्वास आयोगमा आबद्ध विशेष शिक्षक विपिनकुमार मौर्यले प्रशिक्षण दिनुभएको थियो । अप्रिल महिनालाई विश्वभरि नै अटिजमसम्बन्धी जनचेतना महिनाका रुपमा मनाइन्छ ।






