बारा, ११ वैशाख : बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिनुभएको छ ।
यसअघिसम्मको मतगणनामा अघि रहनुभएका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिनुभएको हो ।
पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाउनुभएको छ भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाउनुभएको छ ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाउनुभएको छ ।






