श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दावी

  बैशाख ०८, २०८०

कोलम्बो, ८ वैशाख : श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३।६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।

विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै खाद्य मुद्रास्फीति ४९ प्रतिशतबाट ४२.३ प्रतिशत र गैरखाद्य मुद्रास्फीति ५७।४ प्रतिशतबाट ५४.९ प्रतिशतमा झरेको जनाएको छ ।

विभागका अनुसार चामल, तरकारी, ताजा माछा, आलु, ढल, सुख्खा माछा, कुखुरा, मसलाजस्ता खाद्यवस्तुको मूल्य फागुनको तुलनामा चैतमा घटेको छ ।

नरिवल, नरिवलको तेल, अण्डा, हरियो चना, चामलको पिठो, चियाजस्ता वस्तुको मूल्य भने बढेको छ ।

तपाईको प्रतिक्रिया