आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदै, प्रचार प्रसारमा रोक

  बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज राति १२ः०० बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचार प्रसार गर्न आज राति १२ः०० बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ ।

आगामी वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

तपाईको प्रतिक्रिया