राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या, शिक्षण अस्पताल भर्ना

  बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उहाँलाई आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उपचार जारी छ ।

तपाईको प्रतिक्रिया