काठमाडौँ, ४ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक तीन तले घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।
चितवन भरतपुर ११ मा रहेको एक घरको तीन तलाबाट खसेर सभापति लामिछानेका सवारी चालक दिलबहादुर थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।






