अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र सभापति देउवा बालकोटमा

  बैशाख ०४, २०८०

 

​​​​​​​​​​​​​​काठमाडौँ, ४ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ ।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहनुभएका अध्यक्ष ओलीलाई भेट्न उहाँहरू बालकोटस्थित ओली निवास जानुभएको हो।भेटका अवसरमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा जानुभएको छ ।

 

तपाईको प्रतिक्रिया