दमक, २ वैशाख : झापाको गौरीगञ्जमा सिरुवा पावनीको अवसरमा राजवंशी भाषाको समाचारमूलक त्रैमासिक ‘कोचिला सामाद’पत्रिकाको प्रकाशन सुरु गरेको भएको छ ।
पत्रिकाको गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा संयुक्त रुपमा विमोचन गर्नुभयो । पत्रिकाको सम्पादकमा दमयन्ती राजवंशी रहनुभएको छ ।
सोही अवसरमा राजवंशी समाज विकास समितिले गौरीगञ्ज– ४ स्थित नयाँ बजारमा सिरुवा विशेष कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्नुका साथै मोटरसाइकल ¥यालीसमेत आयोजना गरिएको अध्यक्ष गोपाल राजवंशीले जानकारी दिनुभयो






