पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

  चैत २२, २०७९

न्युयोर्क,२२ चैत : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उहाँले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गर्नुभएको छ ।

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उहाँको औँठा छापमात्र लिइएको थियो । उहाँका कानुन व्यवसायीले विश्व प्रख्यात उहाँको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उहाँको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया