काठमाडौँ, २१ चैत : शिक्षाविद् तथा लेखक रमेशप्रसाद गौतमको ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ ।
हिमालय टाइम्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्वसभामुख ढुङ्गानाले शिक्षा क्षेत्र नउठाई देश उठाउन नसकिने बताउनुभयो ।
“शिक्षालाई प्राथमिकता दिन नसकेका कारण मुलुकमा वर्तमान अवस्थामा शिक्षाको खस्किँदो अवस्थामा सरकारी विद्यालयको स्तरीयता बढाउनका लागि लेखकको पुस्तकको ठूलो योगदान रहने छ ।” नागरिक शिक्षालाई प्रवद्र्धन गर्नमा लेखकले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
लेखक गौतमले उक्त आत्मकथा जीवनको अनुभवलाई समेटी अमरत्वका लागि प्रकाशन गरेको बताउनुभयो । “जीवनका अनेक उत्तारचढावमा तथा बाल्यकालदेखि शिक्षा क्षेत्रमा आबद्ध हुदाँका अनुभव पुस्तकमा समेटेको छु”, उहाँले भन्नुभयो ।
कुनै व्यक्तिको मान र मर्यादालाई हेरि सत्यता बोल्न ठराउन नहुने उल्लेख गर्दै उहाँले सही र सत्यताको विषयमा आवाज उठाउन पछि पर्न नहुने सन्देश पुस्तकले दिएको बताउनुभयो ।
हिमालय टाइम्सका प्रधानसम्पादक पुरुषोत्तम दाहाले लेखकले व्यक्तिको व्यक्तित्व बचाएको बताउनुभयो । “व्यक्तिको ज्ञानको पाठशाला नै अनुभव हो । जसलाई लेखकले सार्वजनिक गर्नु सान्दर्भिक छ । यिनै अनुभव इतिहास, वर्तमान र भविष्यको मार्गदर्शनका रुपमा रहेका छन् ।”
कार्यक्रममा मुलुकको वर्तमान शैक्षिक क्षेत्रको परिस्थितिमा शैक्षिक जागरण, प्रवद्र्धनका निम्ति पुस्तकले पथप्रर्दशकको रुपमा भूमिका निर्वाह गर्ने पूर्व शिक्षामन्त्री एवम कांग्रेस नेता अर्जुननरसिंह केसीले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले पुस्तक शिक्षामा समर्पित व्यक्तिको जीवन्त कथा रहको बताउनुभयो ।
शिक्षा क्षेत्रमा निरन्तररुपमा सकारात्मक परिवर्तनका लागि लेखकले लिएका नेतृत्वको परिणामले पुस्तक प्रकाशन भई सार्थकता पाएको उहाँको भनाइ छ ।
विसं २००६ देखि हालसम्मका अनुभवसहित शिक्षा प्राप्तिका लागि लेखक गौतमले विगतको काठमाडौँमा गरेको सङ्र्घष, शिक्षा क्षेत्रमा आबद्ध हुँदा आफूले गरेका योगदानलाई पुस्तकमा समेटेको उपप्रध्यापक डा जनकराज भट्टले बताउनुभयो ।
लेखक गौतमको आदर्शता र इमान्दारिताले शिक्षाक्षेत्रमा पु¥याएको देन पुस्तकमा झल्काएको पूर्वसचिव जनार्दन नेपालले बताउनुभयो । “प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्नमा गरेको पहल, जिल्ला शिक्षा अधिकारी हँुदा सरकारी विद्यालय सुदृढ गर्नका निम्ति पु¥याएका योगदान अनुकरणीय छन्”, उहाँले भन्नुभयो । रासस