श्रीलङ्काले इन्धनको मूल्य घटायो

  चैत २१, २०७९

कोलम्बो, २१ चैत : श्रीलङ्काको सरकारी स्वामित्वको लिट्रो ग्यास लङ्काले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी घरेलु तरल पेट्रोलियम (एलपी) ग्यास सिलिन्डरको मूल्य घटाएको छ।विश्वव्यापी मूल्य कटौतीलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

कुल १२.५ किलो तौलको घरेलु ग्यासको मूल्य १ हजार ५ रुपैयाँले घटेको र परिमार्जित मूल्य अहिले ३ हजार ७ सय ३८ रुपैयाँ रहेको लिट्रो ग्यासका अध्यक्ष मुदिथा पेरिसले जानकारी दिएका छन् ।

यसैगरी ५ किलोको सिलिन्डरको मूल्य ४ सय २ रुपैयाँले घटाएर १ हजार ५०२ रुपैयाँ र २.३ किलोको सिलिन्डरको मूल्य १८३ रुपैयाँले घटेर ७ सय रुपैयाँ पुगेको छ । यसैबीच देशको अर्को प्रमुख ग्यास आपूर्तिकर्ता कम्पनीले पनि घरेलु ग्यास सिलिन्डरको मूल्य घटाएको छ । रासस-सिन्ह्वा

तपाईको प्रतिक्रिया