काठमाडौँ, २० चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेको आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचको उम्मेदवारी दर्ताका विषयमा चितवन २ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोन गर्दै उहाँले रवि लामिछानेले पत्रकार हुँदा नेता खराब र नेता भएपछि पत्रकार खराब भनेको भन्दै आलोचना गर्नुभएको हो
उहाँले भन्नुभयो, ‘आफै, वकिल, आफैँ न्यायाधीश बन्न मिल्छ,’ उहाँले भन्नुभयो, ‘रवि लामिछानेले हिजो पत्रकार हुँदा नेता खराब भने, आज नेता हुँदा पत्र खराब भन्दैछन् ।’
उहाँले निर्वाचनमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले चितवन २ मा जित हासिल गर्ने बताउनुभयो । शर्मालाई नेपाली काँग्रेसले चितवन(२ मा खटाएको छ ।






