प्रधानमन्त्री निवास बालुवाटार पुगे मिटरब्याजी पीडित

  चैत १८, २०७९

काठमाडौँ, १८ चैत : केही दिनदेखि काठमाडौँका सडकमा सङ्घर्ष गरिरहेका मिटर ब्याज पीडितले आज बालुवाटारमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाउनुभएपछि आज बिहानै मिटर ब्याज पीडित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।  मिटर ब्याज पीडित र प्रधानमन्त्री दाहालबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीले छलफलको लागि बोलाएपछि पीडितहरू हिँडेरै बालुवाटार पुगेका हुन् ।

सरकारले न्याय माग्न काठमाडौँ आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । पछिल्लो पटक शुक्रवार गृह मन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।

तपाईको प्रतिक्रिया