प्रचण्डलाई पहिलो गाँसमै ढुङ्गा,मन्त्रीपरिषद् विस्तार गरी नसक्दै मन्त्रीले दिए राजीनामा

  चैत १७, २०७९

काठमाडौँ, १७ चैत : खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नुभएका खानले शुक्रबार राजीनामा दिनुभएको हो ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालयको दाबी गरेको थियो तर अन्तमा खानेपानी मन्त्रालय नै पाएपछि मन्त्री खानले राजीनामा दिनुभएको हो ।

जनमतका एक नेताका अनुसार पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिनुभएको हो ।

पछिल्लो समय मन्त्रालय बाँडफाँट हुँदा उद्योग मन्त्रालय पाउनेमा जनमत पार्टी ढुक्क थियो । तर जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै कायम रहने कुरा बाहिर आएपछि मन्त्री खानले राजिनामा दिनुभएको हो ।

मन्त्री खानको राजीनामासँगै जनमत सरकारबाटै बाहिरिने तयारी गरेको छ । जनतम पार्टीले आफ्ना मागहरु सरकारले सुनुवाइ नगरेको भन्दै सरकार छोड्ने चेतावनी दिएको हो।

१७ चैत : खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नुभएका खानले शुक्रबार राजीनामा दिनुभएको हो ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालयको दाबी गरेको थियो तर अन्तमा खानेपानी मन्त्रालय नै पाएपछि मन्त्री खानले राजीनामा दिनुभएको हो ।

जनमतका एक नेताका अनुसार पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिनुभएको हो ।

पछिल्लो समय मन्त्रालय बाँडफाँट हुँदा उद्योग मन्त्रालय पाउनेमा जनमत पार्टी ढुक्क थियो । तर जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै कायम रहने कुरा बाहिर आएपछि मन्त्री खानले राजिनामा दिनुभएको हो ।

मन्त्री खानको राजीनामासँगै जनमत सरकारबाटै बाहिरिने तयारी गरेको छ । जनतम पार्टीले आफ्ना मागहरु सरकारले सुनुवाइ नगरेको भन्दै सरकार छोड्ने चेतावनी दिएको हो।

तपाईको प्रतिक्रिया