ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो स्वदेश फिर्ता

  चैत १६, २०७९

ब्रासिलिया, १६ चैत : ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो आफ्नो कार्यकालको अन्तिम समयमा अमेरिका प्रस्थान गरेको तीन महिनापछि बिहीबार स्वदेश फर्किनुभएको छ ।

ब्राजिलका वर्तमान राष्ट्रपति लुलाले जनवरी १ मा सपथ लिनुभन्दा दुई दिन अघि शहर छोडेर भागेका पूर्व राष्ट्रपति तथा सेनाका पूर्व क्याप्टेन फ्लोरिडाको ओर्लान्डोबाट व्यावसायिक उडानमार्फत ब्रासिलिया फर्किनुभएको हो ।

बोल्सोनारोको स्वागतका लागि ब्राजिलको झण्डा फहराइरहेका सयौं समर्थक उहाँको स्वागतका लागि विमानस्थल आगमन क्षेत्रमा पुगेका थिए । उनीहरूले उहाँको समर्थनमा नारा लगाएका थिए भने राष्ट्रियगान गाएर उहाँलाई भब्य स्वागत गरेका थिए ।

“हामी लामो समयदेखि यो क्षणको प्रतिक्षामा थियौँ । हामी जनवरी १ देखि यसको प्रतिक्षामा थियौँ,” ४६ वर्षीया ब्युटिसियन इभा मेल्गाकोले एएफपीसँग भन्नुभयो ।

अठ्सठ्ठी वर्षीय बोल्सोनारोले लिबरल पार्टीको मानार्थ अध्यक्षको रूपमा अर्को हप्तादेखि जिम्मेवारी सम्हाल्नुहुने बतायएको छ ।

ब्राजिलको सम्पनन एक वस्तीमा हालै घर भाडामा लिएका पूर्व राष्ट्रपति ले ब्राजिललाई ’राजनीति गर्ने’ र ‘रुढिवादको ब्यानरलाई कायम राख्ने’ योजना बनाएको बताउनुभएको छ ।

बोल्सोनारोले सीएनएन ब्रासिलसँग कुरा गर्दै भन्नुभयो, “म कुनै पनि विपक्षीको नेतृत्व गर्ने छैन ।” उहाँले भन्नुभयो, “यो सरकारको विरोध गर्नु पर्दैन । यसले आफैं विरोधको वातावरण सिर्जना गर्छ ।” रासस-सिन्ह्वा

तपाईको प्रतिक्रिया