मन्त्रालय भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गियो

  चैत १५, २०७९

काठमाडौँ, १५ चैत : सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न आज बिहान बसेको गठबन्धन बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

मङ्गलवार पनि निष्कर्षविहीन भएपछि आज बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन । आज अपराह्न ३ः०० बजे बैठक बस्ने गरी सकिएको छ ।

आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम सहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।

तपाईको प्रतिक्रिया