विपद् बैठक सम्पन्न

  चैत १४, २०७९

विराटनगर, १४ चैत : जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले विपद् जस्ता घटनाबाट बच्न, बचाउन सतर्क रहन निर्देशन दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतमा बसेको बैठकमा पालिकाका प्रमुख, सरोकारवाल, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रतिनिधि एवं प्रमुखको सहभागिता थियो । बैठकमा चैत–वैशाखमा सुक्खा हुने र यो मौसममा आगलागी जस्ता घटनामा वृद्धि हुने भएकाले यसबाट बच्न र बचाउन के कस्तो उपाय अपनाउन सकिन्छ, सर्प दंशबाट नागरिकको ज्यान कसरी जोगाउन सकिन्छ, बाढी र पहिराबाट हुने जनधनको क्षतिलाई कसरी न्यूनीकरण एवं नियन्त्रण गर्न सकिन्छ सुझाव लिएको थियो ।

खडेरीको मौसममा जङ्गलमा डढेलो हुन सक्ने खतरालाई नियन्त्रण एवं कम गर्न डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहलाई निर्देशन दिइएको छ । बर्सातको समयमा नदीनाला आउने बाढीले मानवबस्तीतर्फ पस्न नदिन पुलको छेउछाउ सफा राख्ने, धार परिवर्तन गर्ने, कल्भर्ट सफा राख्न पालिका प्रमुखलाई प्रजिअ भट्टराईले आग्रह गर्नुभयो ।रासस

तपाईको प्रतिक्रिया