मलेसियाका प्रधानमन्त्री ली साताव्यापी चीन भ्रमणमा

  चैत १३, २०७९

ग्वाङ्झाउ, १३ चैत : मलेसियाका प्रधानमन्त्री ली सिएन लुङ आफ्नी पत्नी र ५० सदस्यीय प्रतिनिधिमण्डलको साथ चीन भ्रमणका क्रममा सोमबार ग्वाङ्झाउ आइपुग्नु भएको छ ।

उहाँ श्रीमती म्याडम हो चिङ र करिब ५० सिङ्गापुर अधिकारी सम्मिलित प्रतिनिधिमण्डलको साथमा दिउँसो करिब १२ बजे गुआन्झाउ बाईयुन अन्तरराष्ट्रिय विमानस्थ अवतरण गर्नुभएको हो ।

मलेसियाका प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डललाई ग्वाङ्डोङका उप–गभर्नर झाङ जिन, सिङ्गापुरका लागि चिनियाँ राजदूत सुन हाइयान, ग्वाङ्डोङ विदेश मामिला कार्यालयका महानिर्देशक लिउ चेन्जी र ग्वाङ्झाउका उपमेयर तान पिङले स्वागत गर्नुभएको थियो ।

ग्वाङ्डोङ प्रान्तको दक्षिणी सहर ग्वाङ्झाउ लीको चीन भ्रमणको पहिलो विन्दु हो । उहाँको सम्मानमा ग्वाङ्डोङ पार्टीका सचिव ह्वाङ कुनमिङले दिवाभोजको आयोजना गर्नुहुने ग्वाङ्झाउमा सिङ्गापुरवासीहरूसँग भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री लीले बेइजिङ जानुअघि हाइनानमा बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँले राष्ट्रपति सी चिनफिङ र नवनियुक्त प्रधानमन्त्री ली छ्याङलाई भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री लीले नेशनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजी, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ र बेइजिङ पार्टीका सचिव यिन लीसँग पनि भेट गर्नुहुनेछ ।

उहाँसँगै भ्रमणमा परराष्ट्रमन्त्री भिभियन बालकृष्णन, व्यापार तथा उद्योगमन्त्री गान किम योङ, स्वास्थ्यमन्त्री ओङ ये कुङ, परराष्ट्र तथा राष्ट्रिय विकास राज्यमन्त्री सिम एन र स्वास्थ्य तथा कानुनका वरिष्ठ संसदीय सचिव राहु महजाम सहभागी हुनुहन्छ ।

यस अघि सिङ्गापुरका प्रधानमन्त्रीको पछिल्लो पटक चीन भ्रमण अप्रिल २०१९ मा भएको थियो । रासस-एएनआई

तपाईको प्रतिक्रिया