नाफाको कार्ययोजना : ललितकला र कलाकारको सर्भेक्षण एवं खोज तथा अनुसन्धान गर्ने

  चैत १३, २०७९

काठमाडौँ, १३ चैत : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले कलाक्षेत्रमा गर्नुपर्ने योजना समेटेर आगामी कार्यकालका लागि गरिने अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार पारेको छ ।

नेपालमा विकसित र प्रचलित कलाको संरक्षण, संवद्र्घन, प्रवद्र्घन अर्थात् सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ आगामी कार्ययोजना तयार पारिएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो ।

उहाँले प्रतिष्ठानले अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रुपमा रणनीति बनाउँदै काम गर्ने लक्ष्य लिएको र हरेक गणतन्त्र दिवसका दिन राष्ट्रिय ललितकला प्रदर्शनी गर्नेसहितका योजना बनाइएको जानकारी दिनुभयो ।

उहाँले प्रतिष्ठानले प्रशिक्षण सञ्चालन गर्ने, राष्ट्रिय ललितकला सम्मेलन गर्ने, देशव्यापी नेपाली ललितकला र कलाकारको सर्भेक्षण गर्ने, खोज अनुसन्धानका कामलाई तीव्रता दिने, जर्नलरपत्रिकारपुस्तक प्रकाशन गर्ने, विद्वतावृत्ति प्रदान गर्ने, ‘सगरमाथारकाठमाडौँ कन्टेम्पोरेरी आर्ट समिट’ गर्ने जानकारी दिनुभयो ।

यस्तै, प्रादेशिक प्रदर्शनी गर्दै राष्ट्रिय ललितकला प्रदर्शनी, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकलारलोककलारपरम्परागत कला महोत्सव, सातै प्रदेशमा एक–एकवटा कलाको हब बनाउने योजना अघि सारिएको छ । प्रतिष्ठानका अनुसार नेपालमा एसियास्तरको ललितकला सङ्ग्रहालय बनाउने लक्ष्य लिइएको पनि जानकारी दिनुभयो ।

सातै प्रदेशमा सङ्ग्रहालय बनाउन पहल गर्ने, अन्य प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय तथा सरोकारी सङ्घसंस्थासँग मिलेर नेपाली कला र संस्कृतिसम्बन्धी बहस गर्दै सैद्घान्तीकरण गर्ने कामलाई समेत अगाडि बढाउने प्रतिष्ठानको लक्ष्य राखेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रदर्शनी, कार्यशाला तथा गोष्ठी गर्दै नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन प्रतिष्ठानले भूमिका खेल्ने प्रतिबद्धता पनि जनाइएको छ । प्रतिष्ठानले कलाग्र्र्राम निर्माण, मूर्ति उद्यान निर्माण गर्न पहल गर्ने तथा ललितकला पत्रकारितालाई प्रभावकारी रुपले अगाडि बढाउने कार्ययोजनामा समावेश गरेको छ ।

कला लेखनवृत्ति प्रदान गर्ने, कलाकार कल्याण कोष बनाउन पहल गर्ने, कलाकार परिचय–पत्र व्यवस्थित गरी वितरण गर्ने तथा कला र संस्कृतिसँग सम्बन्धित विभिन्न प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय, पुरातत्व विभाग, सङ्ग्रहालय आदि निकाय तथा संस्थासँग समन्वय गर्दै नेपाली ललितकला क्षेत्रलाई प्रदेश तथा पालिका सरकारसम्म लैजान पहल गर्ने प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश र पालिका सरकारसँग समन्वय गर्दै स्थानीय (रैथाने) कला र संस्कृतिको प्रवद्र्घन, संवद्र्घन, संरक्षण तथा विकासका निम्ति पहल गर्ने, कलालाई पर्यटनसँग जोड्दै आर्थिक उपार्जन तथा कला प्रचारप्रसार गर्ने कार्यक्रम बनाउने जानकारी दिनुभयो ।

प्रतिष्ठानको कार्यक्षेत्रलाई दृष्टिगत गरी नीतिगत कमीकमजोरीलाई सुधार गरी समग्र ललितकला क्षेत्रको विकासका निम्ति आवश्यक नीति निर्माण गर्न पहल गर्ने, कतिपय अल्पकालीन तथा आवधिक, दीर्घकालीन कार्ययोजनालाई नीतिगत रुपमा सम्बोधन गरी गुरुयोजनामार्फत तिनलाई नियमित रुपमा सञ्चालन गर्न सहज प्रावधान बनाउने, ललितकलालाई अन्य क्षेत्रसँग जोड्दै आर्थिक उन्नतिमा लैजान नीतिगत सम्बोधनका निम्ति सरकारसँग पहल गर्ने योजना पनि प्रतिष्ठानले लिएको छ । रासस

तपाईको प्रतिक्रिया