घानामा बस ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु

  चैत १३, २०७९

यक्रा, १३ चैत : घानाको पूर्वी क्षेत्रमा दुईवटा बस एकापसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

घाना नेशनल फायर सर्भिसका पूर्वी क्षेत्रीय डिभिजन कमाण्डर जेनिफर ना यार्ली क्वेले सिन्ह्वालाई बताएअनुसार यात्रुवाहाक बस विपरीत दिशामा जाँदै गरेको अर्को बससँग आइतबार अक्रा-कुमासी राजमार्गको बोन्सु नजिकै एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

सो दुर्घटनामा दुई महिला र सात पुरुषसहित नौ जनाको घटनास्थलमै मृत्यु भएको घाना प्रहरी सेवाका अधिकारीहरूले बताएका छन् । त्यसैगरी घाइते भएका ११ जनालाई उद्धार गरी राजमार्गबाट किबीको सरकारी अस्पताल पुर्याइएको छ ।

मृतकको शव पनि पहिचान हुन बाँकी छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।(रासस(सिन्ह्वा)

तपाईको प्रतिक्रिया