थारु आयोगको प्रतिवेदन पेस

  चैत १३, २०७९

वागमती, १३ चैत : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको सविधानको धारा २४९ को उपधारा ९३० बमोजिम आयोगले आर्थिक वर्ष २०७८÷७८ मा सम्पादन गरेका काम कारबाही समेटेर तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले थारु आयोगले गरेका कामको सरहाना गर्दै आगामी दिनमा आयोगमार्फत थारु समुदायको उत्थानका लागि गरिने कार्यमा आफनो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो प्रतिवेदनमा थारु समुदायको समस्या, उत्थान तथा भोग्नु परेका, देखिएका चुनौतीलगायत सम्पादन गरेका काम कारबाहीका विषय समावेश गरिएका छन् ।रासस

तपाईको प्रतिक्रिया