गठबन्धन विभाजनलाई साम्य पार्ने कोशिस गर्दै जर्मन चान्सलर स्कोल्ज

  चैत १२, २०७९

बर्लिन, चैत १२ : विवादको बढ्दो शृङ्खलामा सङ्कटकालीन वार्ताका लागि त्रिपक्षीय गठबन्धनको बैठक बसिरहेका बेला जर्मनीका चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारलाई खतरामा पार्ने उक्त सङ्कटलाई साम्य पार्न आइतबार नेताहरूसँग छलफल गर्नुभएको छ ।

पदभार ग्रहण गरेको एक वर्षभन्दा केही समयपछि स्कोल्जको सोसल डेमोक्र्याट्स (एसपीडी) र उहाँका सत्ताधारी साझेदार ग्रीन्स र फ्री डेकमोक्र्याटिक्स पार्टी (एफडीपी) बीचको सम्बन्ध पहिलेभन्दा बढी तनावपूर्ण देखिएको छ ।

यसै साताको सुरुमा ग्रीन्सका नेता तथा अर्थमन्त्री रोबर्ट हेबेकले आफ्नो गठबन्धनका साझेदारहरूले प्रगतिमा अवरोध पु¥्याएको आरोप लगाउनुभएको थियो भने एफडीपीका उपप्रमुख वुल्फगाङ कुबिकीले ग्रीन राजनीतिज्ञलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तुलना गर्नुभएको थियो ।

कुबिकीले आफ्नो भनाइलाई लिएर पछि माफी मागे पनि यो विवादले जर्मनीको युद्धपछिको इतिहासमा पहिलो पटक त्रिपक्षीय गठबन्धनको चर्को विवादको अवस्थालाई दर्शाउँछ ।

सन् २०२१ को डिसेम्बरमा गठबन्धन सम्झौताको मूल मन्त्र ‘थप प्रगतिका लागि साहस गर’ भन्ने नाराका साथ गठबन्धनले राम्रो सुरुवात गरेको थियो ।

तर त्यसको दुई महिनापछि रूसले युक्रेनमाथि आक्रमण गर्दा जर्मनीको दशकौं लामो आर्थिक र राजनीतिक निश्चितता समाप्त भएको थियो । तर त्यसपछि विशेषगरी ग्रीन्स र एफडीपीबीच तनाव बढेको छ ।

यी दुई अप्राकृतिक साझेदार हुन् । गठबन्धनको पूवाद्र्र्धले आणविक ऊर्जा र दहन इन्जिनहरू चरणबद्ध गर्न वातावरणीय प्रतिबद्धताहरूमा प्रयोग गर्छ र उत्तराद्र्धले धेरै फरक आर्थिक नीतिहरूलाई बढावा दिन्छ ।

जर्मन पत्रिका स्पीगेलले भनेको छ, “सरकारमा जताततै आगो लागेको छ, साझेदारहरू प्राथमिकताका विषयमा झगडा गरिरहेका छन् र सम्झौताका लागि संघर्ष गरिरहेका छन् ।”

तपाईको प्रतिक्रिया