२८ महिना बित्दासमेत अझै बनेन आधारभूत अस्पताल

  चैत १२, २०७९

 

काठमाडौँ, १२ चैत : सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको २८ महिना बित्दा समेत हालसम्म पनि कुनै पनि अस्पतालमा निमार्ण भैसकेका छैनन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म १७ अस्पताल निमार्णको अन्तिम चरणमा रहेका छन् ।

मन्त्रालयका सह प्रवक्ता डा। समीर अधिकारीका अनुसार अहिलेसम्म करिब ४९ पालिका अस्पताल अझै प्रक्रियामा आएका छैनन् । अहिलेसम्म तीन सय ४७ वटा अस्पताल निर्माण प्रक्रियामा आएको डा। अधिकारीले जानकारी दिनुभयो । रिपोर्टमा आएका मध्ये ३२७ ले विस्तृत परियोजना प्रतिवेदन ृडीपिआरे तयार भएको छ । डीपिआर तयार पारेका मध्ये ३२५ वटा अस्पतालको टेन्डर आव्ह्रन भएको थियो । मन्त्रालयका अनुसार अहिलेसम्म जम्मा ३०२ वटा अस्पतालका सम्झौता भई बजेट निकासा भइसकेको छ । अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको काम गर्न मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गरेको डा।अधिकारीले जानकारी दिनुभयो ।

तर,कतिपय स्थानीय तहले अझै जग्गा प्राप्त गर्न सकेका छैनन् । स्थानीय तहमा जग्गा विवाद, अस्पताल कहाँ बनाउने भन्ने स्थानको विवादका कारणले अस्पतालहरूको निर्माणमा ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।

अस्पतालका लागि जम्मा प्राप्त गरिसकेपछि मात्रै डीपिआर तयार हुन्छ । डीपिआर तयार भइसकेपछि प्रक्रिया अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । ‘ डीपिआर स्वीकृत भएपछि अस्पताल निर्माणका लागि टेन्डरको सम्झौता हुन्छ । त्यसपछि बजेट निकास हुन्छ,’ मन्त्रालयका सह प्रवक्ता डा। समीर अधिकारी बताउनुहुन्छ ।

प्रदेशस्तरमा हाल भएको प्रगति

कोशी प्रदेश

कोशी प्रदेशमा अहिलेसम्म जम्मा ९६ वटा अस्पताल प्रक्रियामा आएका छन् । तीमध्ये ९४ वटा अस्पताल डीपिआर तयार गर्ने क्रममा छन् । ८० वटा अस्पतालमा बजेट निकासा भइसकेको छ ।

मधेस प्रदेश

मधेस प्रदेशमा अहिलेसम्म जम्मा ४७ वटाको मात्रै प्रक्रिया अगाडि बढेको छ । ३४ अस्पतालमध्ये ४२ वटाको डीपिआर तयार भएका छन् । मन्त्रालयका अनुसार ३७ वटा अस्पतालमा बजेट निकासा भएको छ ।

बाग्मती प्रदेश

सरकारले बागमती प्रदेशमा अहिलेसम्म ४९ वटा अस्पताल प्रक्रियामा आएका छन् । जसमध्ये ४६ वटा अस्पतालको डीपिआर तयार भएको छ । ४५ वटा अस्पतालमा बजेट निकासा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका ४० वटा अस्पताल प्रक्रियामा आएका छन् । ३८ वटा अस्पताल डीपिआर गर्ने क्रममा छन् । डिपिआर स्वीकृत भइसकेका ३८ वटा अस्पतालमा बजेट निकासा भएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका ४० वटा अस्पताल निर्माण प्रक्रियामा आएका छन् । तीमध्ये ४० वटा अस्पताल डीपिआर तयार भएका छन् । मन्त्रालयका अनुसार ३८ वटा अस्पतालमा बजेट निकासा भइसकेको छ ।

कर्णाली प्रदेश

कर्णालीमा अहिलेसम्म ३५ वटा अस्पतालको निर्माण प्रक्रिया आएका छन् ।२७ वटा अस्पतालको डीपिआर तयार भएका छन् । २७ वटा अस्पतालको सम्झौता भई बजेट निकासा भएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम ४० वटा आधारभूत अस्पताल निर्माण प्रक्रियामा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४० वटाको डीपिआर प्रक्रिया अगाडि बढेको छ । ३७ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि बजेट निकासा भइसकेको छ ।

वि।सं। २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकै पटक दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यसहित आधारभूत अस्पताल शिलान्यास गर्नुभएको थियो ।

सोही दिन सातै प्रदेशमा एक एक वटा सरुवा रोग अस्पताल निर्माण गर्ने भनेर प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभयो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले राखिएको थियो । पाँच शय्याको अस्पतालमा एक जना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालका लागि दुई जना मेडिकल अफिसरसहित १६ जना र १५ शय्याको अस्पतालमा तीन जना मेडिकल अफिसरसहित २७ जना स्वास्थ्यकर्मी खटिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती अस्पतालबाट आधारभूत उपचार स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रिया सहीको सेवा प्रदान गर्ने सरकारको दाबी छ । ३९६ स्थानीय तहमा भवन निर्माणका लागि ६ अर्ब १२ करोड र उपकरण जडानको लागि ५८ अर्ब खर्च हुने सरकारी अनुमान थियो ।

तपाईको प्रतिक्रिया