चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु

  चैत ११, २०७९

वासिङ्टन, ११ चैत : पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पु¥याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् । टेलिभिजनमा देखाइएका तस्बिरमा भवनको भग्नावशेषमा आगो दन्दनी बलेको देखिन्छ भने वारुणयन्त्रका कर्मचारी त्यसलाई निभाउने प्रयास गरिरहेका देखिन्छन् । विष्फोटको कारण खुलेको छैन । सम्बद्ध अधिकारीले अनुसन्धान थालेका छन् ।

तपाईको प्रतिक्रिया