काठमाडौं, ८ चैत : राष्ट्रियसभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारसँग जवाफ माग्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा उहाँले मंगलबार सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो राख्नुभएको हो ।
‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो रु’ पौड्यालले प्रश्न गर्नुभयो ।
संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्ने पाउने र बोल्न पाउने अधिकार दिएको भन्दै उहाँले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नुभएको छ । उशाँले अगाडि सोध्नुभयो, ‘गृह मन्त्रालयले यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन रु’
राष्ट्रियसभा सदस्य पौड्यालले यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुका साथै सरकारको जवाफ पनि माग्नुभएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा केही युवालाई पक्राउ गरेको थियो । त्यस क्रममा नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेका थिए । नाराबाजी गर्ने ३ युव विरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।
प्रहरीले पक्राउ परेका सोम शर्मा, उद्धव बस्नेत र विप्लव खड्काविरुद्ध आज ९बुधवार० काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप्दै अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको हो ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका उनीहरूलाई प्रहरीले मुख बन्द गर्दै लछारपछार पारेर प्रहरी भ्यानमा हालेको थियो । उनीहरूले ‘आतङ्ककारी प्रचण्ड मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।
हाल उनीहरू प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।






