काठमाडौ, चैत ७ : अफगानिस्तानमा अहिले केही समयअघि मात्र ६.८ म्याग्निच्युडको भुइँचालो गएको छ । भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको कालफगान भन्ने ठाउँबाट ९० किलोमिटर दुरीमा रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । भुइँचालोबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।
अहिलेसम्म प्राप्त रिपोर्टअनुसार यसको कम्पन काजकिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र चीनका विभिन्न ठाउँमा समेत महसुस गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।






