रुकुमपूर्व, ६ चैत : ढुङ्गा र माटोको गारो, घरमाथि जोडिएका घर पूर्वरुकुमका पहिचान हो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली र अर्गानिक जिल्ला यहाँ बोलिने भाषाका कारण यहाँको छुट्टै पहिचान झल्किन्छ ।
रुकुम९पूर्व० लाई चिन्ने अर्को नाम हो ५२ पोखरी ५३ टाकुरीको जिल्ला । तर अहिले ती ५२ पोखरी कहाँ र कस्ता थिए भन्ने कसैलाई थहा छैन् अनि ती ५३ टाकुरीको बारेमा पनि सबै बेखबर छन् ।
पर्यटकीय हिसाबले राम्रो सम्भावना भएको जिल्लाले अहिलेसम्म कायम राखेको पहिचान अब भने गुम्छ कि भन्ने पीर सबैमा पर्न थालेको छ । पर्यटन क्षेत्र विकासको सम्भावनालाई चुनौतीकै माझबाट अगाडि बढाउन नसक्ने हो भने अर्गानिक जिल्लाको अर्गानिक पहिचान गुम्ने खतरा रहेको यहाँका सरोकारवालाले बताएका छन् ।
लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय पर्यटन विकास परिषद् बुटवलले रुकुमकोटमा आयोजना गरेको रुकुम९पूर्व० जिल्लामा दिगो पर्यटन विकासका सम्भावना विषयक गोष्ठीमा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका छन् ।
होटेल व्यवसायी सङ्घ रुकुम९पूर्व० का अध्यक्ष सुनिल रोका मगरले यस जिल्लामा युद्ध पर्यटन, प्राकृतिक, सांस्कृतिक, साहसिक, धार्मिक पर्यटन विकासको ठूलो सम्भावना रहेको बताउनुभयो । त्यसका लागि विज्ञहरुसँगको छलफलबाट एकीकृत योजना निर्माण गरी कार्यान्वयनमा जान सके जिल्लाको पर्यटन क्षेत्रको विकास हुने र त्यसबाट आर्थिक लाभ लिएर समृद्ध रुकुम९पूर्व० बनाउन सकिने उहाँको भनाइ छ ।
भूमे गाउँपालिकाको पूर्वअध्यक्ष रामसुर बुढा मगरले पर्यटन क्षेत्रमा रुकुम९पूर्व०सँग प्रकृति, संस्कृति र इतिहास रहेको बताउनुभएको छ । यी तीन वटा कुरालाई लिएर बजारीकरण र प्रवद्र्धन गर्न सकियो भने पर्यटनको क्षेत्रमा धेरै फड्को मार्न सकिने बुढाको विश्वास छ । “हामी माझमा भएको मौलिक कला, संस्कृति लोप हँुदैछ”, उहाँले “मानिसको बसोबासदेखि लिएर जीवनशैली पनि पूरै परिवर्तन हुँदै गएको छ ।” यही अवस्था चल्ने हो भने केही वर्षमै यहाँको मौलिक पहिचान मेटिएर जान सक्ने खतरा रहेको उहाँले दाबी गर्नुभयो ।
सिस्ने गाउँपालिका पूर्वअध्यक्ष कुमारी बराल भन्नुहुन्छ, “हामीसँग प्रकृतिले दिएका सुन्दर उपहार हिमाल, नदी, तालतलैया, गुफा, बहुमूल्य जडीबुटी सबै छन् । मौलिक कला संस्कृति पनि छन् । यिनै कुरालाई संरक्षण र व्यवस्थापन गरेर जान सके हुन्थ्यो । तर काम गर्ने कुरामा निकै नै चुनौती छ ।”
रुकुम९पूर्व० ऐतिहासिक र जनयुद्धको उद्धगम थलो भएको भन्दै उहाँले यसलाई युद्ध पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको विश्वास व्यक्त गर्नुभयो । “पर्यटन पदमार्ग, गुरिल्ला पदमार्गको विकास गर्न सकिन्छ । सिस्ने, पुथा हुँदै धौलागिरीसम्म जोडिन सके पर्यटन क्षेत्रबाट राम्रो लाभ लिन सकिन्छ”, उहाँले भन्नुभयो ।
हजाराँै वर्ष पुरानो घरको बस्ती तकसेरा जस्ता ठाउँ अहिले पर्यटकको रोजाइँमा पर्दै गएको भूमे गाउँपालिका– १ का वडाध्यक्ष काजीमान पुनले बताउनुभयो । त्यस्तै खालका अन्य पुराना बस्ती लुकुम, कोल, राङ्सी, मैकोट, काँक्री, हुकाम रहेको बताउँदै अब यी बस्तीकोस्वरुप परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
“सडक विस्तारसँगै बालुवा सिमेन्ट गाउँबस्तीमा पुगिसकेको छ”, उहाँले भन्नुभयो, “ढुङ्गा र माटोको ठाउँमा सिमेन्ट बालुवा, काठ र ढुङ्गाको छानोको ठाउँमा जस्ताको पाता टल्किन थालेका छन् ।”
यस्तै भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीयस्थलको पहिचान र उनीहरु प्रोफाइल तयार गर्ने, पर्यटन विकासको योजना निर्माण गर्ने, अन्य स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रसँग अन्तरसम्बन्ध कायम गर्ने, पर्यटन प्रवद्र्धन, संस्कृति, मौलिकता र स्थानीय अर्थतन्त्रबीच समन्वय गर्न सके जिल्लाको विकासमा सहज हुने बताउनुभयो ।
“जिल्लाको मौलिकता मासिँदै जानु सबैको चिन्ताको विषय बनेको छ”, त श्रेष्ठले भन्नुभयो, “मौलिकता नमर्ने गरी विकासमा गर्नुपर्छ ।” कुनै एक ठाउँको पर्यटकीय क्षेत्रको विकास गर्दा त्यस नजिकैका गन्तव्यलाई जोडर काम गर्दा त्यसबाट धेरै लाभ लिन सकिने उहाँको भनाइ छ ।
सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जिल्लामा भएका सबै पर्यटकीय गन्तव्यको मुख्य केन्द्र रुकुमकोट भएकाले यहाँबाट पर्यटकीय क्षेत्रको संरक्षण, विकास र व्यवस्थापनको कार्यलाई सुरु गर्नुपर्ने बताउनुभयो ।
“अहिले जिल्लामा जति पनि पर्यटकीय क्षेत्र छन् त्यहाँसम्म पुग्नलाई सहज बाटो, बासका लागि होटेल, सुरक्षालगायत थुप्रै कुराको सुविधा पु¥याउन तथा व्यवस्था गर्न सकिएको छैन्”, शाहले भन्नुभयो, “यी सबै कुराको विकास गर्न स्थानीय सरकारको बजेटले मात्र पुग्दैन् ।”
तीनै तहको सरकारसँगै अन्य निजी क्षेत्रको पनि यसमा सहयोग तथा लगानी आवश्यक पर्ने उहाँको भनाइ छ । साथै उहाँले एकै पटकमा धेरै पर्यटकीय क्षेत्रको विकासमा जोड गर्नुभन्दा निश्चित केही गन्तव्यलाई छनोट गरेर ती क्षेत्रको पूर्णरुपमा विकास, विस्तार, प्रचारप्रसार तथा पर्यटक भित्यत्राउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाउनुभयो ।
लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले लुम्बिनीमा वार्षिक १८ लाख धार्मिक पर्यटक भित्रिने गरेको बताउनुभयो । लुम्बिनीमा आउने ती पर्यटकलाई प्रदेशका अन्य पर्यटकीय गन्तव्यमा कसरी जोड्न सकिन्छ भनेर कार्ययोजना बनाउन लुम्बिनीका १२ वटै जिल्लामा दिगो पर्यटन विकासका सम्भावनाको बारेमा छलफल तथा अन्तरक्रिया गरेको उहाँको भनाइ छ ।
छलफलको क्रममा आएका विषयलाई मध्यनजर गर्दै पर्यटकीय गन्तव्य छनोट गर्ने र ती क्षेत्रको विकास, प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउने विषयमा जोड दिने कार्यकारी निर्देशक जोशीले बताउनुभयो । “सोहीअनुसार सबै पालिकालाई आफ्नो क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको नाम पठाउन आग्रह गरेका छौँ”, कार्यकारी निर्देशक जोशीले भन्नुभयो, “पालिकाले पठाएका गन्तव्यमध्येमा मुख्य गन्तव्यलाई छनोट गरी मेला महोत्सव सञ्चालन गर्ने छौँ ।”
यसैअनुसार पर्यटन प्रवर्द्धनका लागि रुकुम९पूर्व० मा यसै आर्थिक वर्षभित्र भूम्या मेला र यार्सा ट्रेल मेला सञ्चालन गरिने भएको छ । सिस्नेमा भने आउँदो नयाँ आर्थिक वर्षको भदौ महिनाभित्रमा सिस्ने भिजिट मेला सञ्चालन गर्ने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।