दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै

  चैत ०६, २०७९

ब्रसेल्स, ६ चैत : टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट पीडितहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय दाताहरूबाट रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले सोमबार ब्रसेल्समा सम्मेलन आयोजना गरेको छ ।

गत महिनाको विनाशकारी ७।८ म्याग्निच्युडको भूकम्पले सम्पूर्ण शहरहरूलाई समतल बनाएको थियो । भूकम्पका कारण दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागहरूमा गरी ५० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइएको छ ।

लाखौं विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अनुमानले टर्कीमा मात्रै १०० अर्ब डलरभन्दा बढीको क्षति भएको छ ।

यस क्षेत्रमा गत हप्ता आएको बाढीले थप दुःख भएको जनाइएको छ । अस्थायी आश्रयमा बस्ने १४ जना मानिसको मृत्यु भएको बताइएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रमले यस महिनाको सुरुमा फेब्रुअरीको मध्यमा तत्काल कोषका लागि गरिएको आह्वानलाई कमजोर स्तरको प्रतिक्रियाको बारेमा गुनासो गरेको छ ।

सहायता सङ्गठन इन्टरनेशनल रेस्क्यु कमिटी ९आईआरसी० ले दाताहरूलाई कम्तीमा टर्कीका लागि एक अर्ब अमेरिकी डलर र सिरियाका लागि ३९ करोड ७० लाख अमेरिकी डलरको संयुक्त राष्ट्रसङ्घको आपतकालीन अनुरोध अनुसार पूर्ण रूपमा रकम उपलब्ध गराउन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले टर्कीको अनुरोध हालसम्म १६ प्रतिशत मात्र पूरा भएको बताएको छ भने सिरियाको मागको ७२ प्रतिशत पुरा भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया