स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

  चैत ०६, २०७९

कर्णाली, ६ चैत : स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले वर्चस्व कायम गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ । विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ । सार्वजनिक नतिजाका हिसाबले अखिल ९क्रान्तिकारी०ले १४, नेविसङ्घले छ र अनेरास्ववियुले चार क्याम्पसमा सभापतिमा जीत हात पारेको छन् ।

अखिल ९क्रान्तिकारी०मा चतुर्देव हिसुपु क्याम्पस रातापानी मुगुबाट मनसुर कार्की, सिञ्जा बहुमुखी क्याम्पस जुम्लाबाट सन्तोष आचार्य, तिला कर्णाली र जनचेतना बहुमुखी क्याम्पस कालीकोटबाट क्रमशः हिक्मत सिंह र पार्वती सञ्जयाल, स्यार्पु बहुमुखी, सानोभेरी, राडीज्यूला शिक्षा क्याम्पस, शीतल क्याम्पस चौरजाहारी रुकुमपश्चिमबाट क्रमशः किरण विश्वकर्मा, वीरभान भण्डारी, निराजन केसी र दीपक केसी सभापतिमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै बन्गाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण बहुमुखी क्याम्पस सल्यानबाट क्रमशःअजय विष्ट, वरुण न्यौपाने र एकराज ओली, तथा लिकु संयुक्त क्याम्पस डोल्पामा रनचन्द्र शाही र जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस जाजरकोटमा जागेश्वर थापा सभापतिमा विजयी हुनुभएको छ ।

त्यस्तै नेविसङ्घबाट मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा नरेन्द्र भण्डारी, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ, जुम्ला बहुमुखी क्याम्पस जुम्लामा महेश हमाल, चामुण्डा कलेज दैलेखमा सुनिल शाही, नन्दादेवी बहुमुखी क्याम्पस कालीकोटमा जुनिता विष्ट र गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा गोपाल खड्का सभापतिमा निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया