केन्यामा जनप्रदर्शनमाथि प्रतिबन्ध

  चैत ०५, २०७९

नैरोबी, ५ चैत : केन्याको राष्ट्रिय प्रहरी सेवाले आइतबार मुख्य विपक्षी गठबन्धनले सोमबार केन्याको राजधानी नैरोबीमा आयोजना गर्न लागिएको जनप्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ।
नैरोबीका प्रहरी कमाण्डर एडमसन बुन्गेईले आइतबार विपक्षी दलको अजिमियो ला उमोजा गठबन्धनद्वारा आयोजित विरोध प्रदर्शनलाई गैरकानूनी घोषणा गरेका छन् । यस्ता विरोध प्रदर्शनले शान्ति सुरक्षामा खतरा उत्पन्न हुनसक्ने र त्यसले आर्थिक समस्या निम्त्याउने भन्दै विरोध प्रदर्शनलाई प्रतिबन्ध लगाइएको हो ।
कमाण्डर बुङ्गेईले चुनावी सुधारको साथसाथै जनताले सामना गरिरहेको मुद्रास्फीतिको दबाबलाई सम्बोधन गर्न सरकारलाई दबाब दिनको लागि गरिएको प्रदर्शन असंवैधानिक भएकाले प्रतिबन्ध लगाइएको बताएका छन् । उनले बेरोजगारी र मुद्रास्फीति बढ्दै गएको आर्थिक मन्दीलाई सम्बोधन गर्न प्रमुख प्रतिपक्षी गठबन्धनले सरकारलाई दबाब दिने भएकाले शान्तिसुरक्षा थप बिग्रनबाट जोगाउँन सुरक्षाकर्मीले सोमबार सतर्कता बढाउने पनि बताएका छन्

तपाईको प्रतिक्रिया