काठमाडौं, ५ चैत : काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।
क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ नेविसंघका १० कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो ।
नक्कली परिचयपत्र बोकेर भोट हाल्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको काठमाडौंका प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताउनुभयो ।
आज देशभर त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी संघ स्ववियुको मतदान भइरहेको छ ।