‘प्रविधि प्रयोगमा नयाँ पुस्ता’ विषयक परिचर्चासहित कवि गोष्ठी’

  चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : साहित्य सन्ध्याको चार सय ३८औँ मासिक शृङ्खलामा आज ‘प्रविधिको प्रयोगमा नयाँपुस्ता’ विषयमा परिचर्चाका साथ कवि गोष्ठी गरी सम्पन्न भएको छ ।

प्रविधिको प्रयोगमा नयाँ पुस्ताबारे कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार विधान आचार्यले प्रविधि युवालाई मात्र नभइ सबै पुस्तालाई आवश्यक छ र त्यसमा पनि प्रौढसम्म पु¥याउन झनै आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कविहरू डम्बर पहाडी, ओमप्रसाद कोइराला, कुमार नेपाल, रामचन्द्र दाहाल, विन्दु अधिकारी ढकाल, गायत्रीकुमार चापागाईँ, मुकुन्द न्यौपाने, महेशराज खरेल, डा गोविन्दप्रसाद आचार्य, विधान आचार्य, खेमराज निरौला, डा खेमनाथ दाहाल, रूपक अलङ्कार, बैरागी जेठा, डा फणिन्द्रराज निरौला, प्रशान्त खरेल, प्रकाश सिलवाल, बङ्गाली कविहरू डा बनाइजा रहमान, डा मिजानुर रहमान कल्लोल र सुजन बरुवाले रचना वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणी गर्दै समालोचक प्रा डा रमेशप्रसाद भट्टराईले मुलुकको वर्तमानको युवा पलायनको पीडा कवितामा उजागर गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न नसक्दासम्म हाम्रा समाज वृद्धाश्रममा परिणत हुने क्रम नरोकिने चिन्ता जाहेर गरिएको बताउनुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्य प्राप्तिमा समर्पित हुने जनाउनुभयो ।

तपाईको प्रतिक्रिया