राष्ट्रपति पौडेलद्वारा सामान्य सवारीमा कुमारी घरको दर्शन

  चैत ०४, २०७९

काठमाडौं, चैत ४ : राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा (कारगेट नलिई) काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको छ ।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नु भएको हो ।

कारगेट बिनानै उहाँले सामान्य सवारीमा त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभएको हो । त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीले रोक्ने काम गरेका थिएनन् ।

राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेटबिना नै सवार हुनुभयो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएपछि उहाँको आलोचना भएको थियो । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुुनुभएको हो ।
गोरखापत्र अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया