धुलिखेलमा ‘आरोग्य सहर’ अभियान जारी

  चैत ०३, २०७९

काभ्रेपलाञ्चोक, ३ चैत : धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यस अभियानअन्तर्गत छ महिनाका अवधिमा एक हजार २७९ व्यक्तिमा गरिएको परीक्षणबाट ३७ स्थानीयमा क्षयरोग पत्ता लागेका छ ।

अभियानअघि धुलिखेलमा १८ क्षयरोगी थिए । अभियानमा ३८ हजार आठ सय २० स्थानीयको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै गरिएको जनाइएको छ । धुलिखेलले उक्त आरोग्य सहर अभियान कार्यक्रम नेपालमै नमूनाका रुपमा लिएका बेला क्षयरोगमुक्त बनाउने अभियानमै रहेका नेपालका २५ स्थानीय तहमध्ये अधिक परिणाम प्राप्त गर्ने स्थानीय सरकारभित्र धुलिखेल पनि समेटिएको छ ।

धुलिखेलको आरोग्य सहर अभियानको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का प्रतिनिधि डा टौडिल इस्लामको नेतृत्वको टोलीले यही साता अनुगमन निरीक्षण गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले स्वास्थ्य नागरिकको पहिलो अधिकारका रुपमा लिँदै योजना, कार्यक्रम र व्यवस्थापन गरिरहेको टोलीलाई जानकारी गराउनुभएको छ ।

साथै उहाँले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका धुलिखेलका नागरिकलाई पहुँचभित्र ल्याउँदै कस्तो खालको स्वास्थ्य सेवा आवश्यक छ रु त्यसको पहिचान गरी उपचार गराउने व्यवस्था मिलाइने बताउनुभयो ।

प्रतिनिधि डा इस्लामले विश्वमै क्षयरोगका जोखिम उच्च रहेकाले यसको नियन्त्रण तथा समयमै उपचार गराउँदै व्यक्तिलाई स्वस्थ बनाउने अभियानमा धुलिखेलको प्रयासको प्रशंसा गर्दै डब्लुएचओका तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने बताउनुभएको छ । समयमै पहिचान र परीक्षण हुँदा उपचार हुने र अन्यत्र फैलन नपाउँदा न्यूनीकरण भई मृत्युको मुखमा पुग्ने अवस्था नआउने भएकाले विश्वबाटै यो रोगको उन्मूलन गर्ने अभियानमा डब्लुएचओको टोली नेपालका विभिन्न स्थानीय तहमा अवलोकन गरिरहेको छ ।

धुलिखेलले क्षयरोगमुक्त नगर घोषणाका लागि आवश्यक कार्य अघि बढाउँदै विश्वमै शून्य कार्बन उत्र्सजन गर्ने सहरका रुपमा आफूलाई चिनाउने गरी काम अघि बढाएको जनाएको छ । नगर कार्यालय हाल सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममासमेत जुटिरहेको हो ।

नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना नगरले बनाएको हो । नगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरीका औषधि पर्याप्त बनाइने तथा सबै नागरिकलाई आरोग्यता प्रदान गर्न उहाँहरुको अवस्था बुझ्न सर्वेक्षण गरेको थियो ।

यस्तै धुलिखेल नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट० र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगोरुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको हो ।

उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगोरुपमा वैज्ञानिक ढङ¬्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रातको पहिचान र उपयोग गर्न सकिने बताइन्छ । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।

जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने जनाइएकोे छ ।

धुलिखेल नगरले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलोसाता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन ९कोप–२६०मा चर्चाको विषय बनेको थियो । खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । नगर क्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध छ ।

यस्तै धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्यअन्तर्गत १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी पूरा भएका चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता संयुक्त राष्ट्र सङ्घमा पेश गरेको छ । उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एशियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया