ज्येष्ठ नागरिकलाई सम्मान तथा फलफूल वितरण

  चैत ०२, २०७९

गोलबजार,चैत २ : लहान नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै फलफूल वितरण गरेको छ ।

ज्येष्ठ नागरिकलाई नगरप्रमुख महेश चौधरी, उपप्रमुख रामचलितर महतो, वडाध्यक्ष रमेश गौतम, बद्रीनारायण चौधरी, मनोज कोइरालालगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

कार्यक्रममा नगरप्रमुख चौधरीले अगामी आर्थिक वर्षमा अझै व्यापक कार्यक्रम गरी बढीभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको संरक्षण र उन्नतिका लागि विशेष कार्यक्रम पनि सञ्चालन गरिने जनाउनुभयो ।

लहान नगरपालिकामा २४ वटै वडाबाट ज्येष्ठताका आधारमा एक–एक जना महिला–पुरुष गरी ४८ जनालाई सम्मानका लागि छनोट गरिएको महिला शाखा प्रमुख अञ्जनाकुमारी साहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया