श्रीलङ्कामा जनस्वास्थ्य निरीक्षकद्वारा खाद्य सुरक्षाको चेतावनी

  चैत ०२, २०७९

कोलम्बो, चैत २ : श्रीलङ्काका जनस्वास्थ्य निरीक्षकहरूले खाद्य विषाक्तताको घटनापछि खाद्य सुरक्षामा सतर्क रहन आग्रह गरेको सार्वजनिक स्वास्थ्य निरीक्षक सङ्घ (पिएचआईयू) का प्रमुख रोहना डे सिल्भाले बिहीबार बताउनुभएको छ ।

कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकप्रिय धार्मिकस्थल श्री पाडामा आएका चार जनाको खाद्य विषाक्तताको लक्षण देखिएपछि मृत्यु भएको र अन्य १० जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उनीहरू एक प्रकारको ब्याक्टेरियाबाट सङ्क्रमित भएको हुन सक्ने अनुमान गरिएको छ । के कारणले मृत्यु भयो भन्नेबारे हामी अझै शतप्रतिशत निश्चित हुन सकेका छैनौं,” उहाँले भन्नुभयो ।

रोहनाले श्रीलङ्काका सयौँ हजार तीर्थयात्रीमध्ये केहीको मात्र मृत्यु भएकाले नआत्तिन पनि आग्रह गर्नुभयो । के भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको र नयाँ घटना भएमा जनतालाई जानकारी गराइने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया