एनएमएसआरएको राष्ट्रिय महाधिवेशन चितवनमा

  चैत ०२, २०७९

चितवन, २ चैत : नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ एनएमएसआरए नेपालको २८औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यही चैत ३ र ४ मा चितवनको दियालो फुडल्याण्डमा महाधिवेशन हुन लागेको हो ।

औषधि तथा बिक्री प्रतिनिधिलाई बोलिचालीको भाषामा मेडिकल रिपे्रजेन्टिटिभ ९एमआर० भन्ने गरिन्छ । सङ्घका अध्यक्ष अनिल दाहालका अनुसार देशभरका १४ इकाईबाट पाँच सय प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन् ।

महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ इकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको दाहालले जानकारी दिनुभयो । दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ । समितिको कार्यकाल तीन वर्षको रहेको छ ।

महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनस्थल, आवास लगायतका तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो ।

सङ्घको तथ्याङ्क अनुसार देशभर ६ हजारभन्दा बढी सदस्य छन् । ती मध्येबाट प्रतिनिधि छनोट भएर आउने हुन् । नेपालमा १५० भन्दा बढी विदेशी र ९५ नेपाली औषधि कम्पनीका प्रतिनिधि कार्यरत छन् ।

तपाईको प्रतिक्रिया