नेपाल र युएईको खेल हेर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड

  चैत ०२, २०७९

काठमाडौं, २ चैत :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरव इमिरेट्स ९युएई० बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ ।

प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुग्नुभएको हो । प्रधानमन्त्री खेलअघि त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको र अहिले खेल हेरिरहनुभएको नेपाल क्रिकेट संघ९क्यान०का म्यानेजर विनोद दासले जानकारी दिनुभयो ।

दासका अनुसार प्रधानमन्त्री केही समय खेल हेरेर फर्किनु हुनेछ । आईसीसी विश्वकप लिग(२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले अहिले युएईविरुद्ध बलिङ गरिरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपालले पहिले बलिङ गरेको हो । युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ रोजेपछि युएई ब्याटिङ गरिरहेको छ ।

युएईले अहिले १०औंं ओभर चलिरहँदा एक विकेट गुमाएर ५६ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिनुभएको हो ।

 

 

तपाईको प्रतिक्रिया