आम्दा र भीम अस्पताललाई २२ थान आइसियु बेड हस्तान्तरण

  चैत ०२, २०७९

सैनामैना, १ चैत्र  : निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आइसियु बेड हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानको तर्फबाट बुधवार पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा ९माओवादी केन्द्र०का नेता डा। लीलामणि पोख्रेलले बुटवल र भैरहवामा बुधवार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी बुटवलको आम्दा अस्पताललाई १२ र भैरहवाको भीम अस्पतालमा १० गरी २२ थान आइसियु बेड हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नेता लिलामणी पोखरेलले निर्मल लामाको परिचय दिँदै हुँदा साहसी, निडर, दूरदर्शी जननेता भएको बताउनु भयो ।

उहाँले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताउनु भयो । चीनको सहयोगमा प्राप्त आइसियु बेड अस्पताललाई उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया