नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

  फागुन २९, २०७९

टोकियो, जापान, २९ फागुन । नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो ।

उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको हो ।पारिवारिक स्रोतका अनुसार उहाँको निधन मार्च ३ को बिहान बुढ््यौली र सम्बन्धित समस्याका कारण भएको हो ।

उहाँको अन्त्येष्टि भइसकेको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया