२७ फागुन, काठमाडौँ । नेकपा एमाले सचिवालयको बैठक आज बस्ने भएको छ ।
उपराष्ट्रपतिको उम्मेदवारी टुङ्गो लगाउन आज सचिवालयको बैठक बस्न लागेको हो ।
ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आज बिहान ९ः०० बजे बस्ने गरी सचिवालयको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ ।
आज नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्य तालिका रहेको छ । निर्वाचन आयोगका कार्य तालिका अनुसार आज ९ बजेदेखि सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।






