अनुसन्धान प्रभावित हुन्छ, प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छु

  फागुन २६, २०७९

२६ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासमा जारी बहसमा सहभागी निवेदक पक्षले प्रचण्डले प्रधानमन्त्री पद त्यागेर मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । बहसमा सहभागी वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले ुकन्फ्लिक्ट अफ इन्ट्रेस्टुको विषय भएकाले प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।

ुप्रहरीमा दर्ता भएर अनुसन्धान गर्नुपर्ने विषय छ । उहाँ ९प्रचण्ड० आफैं प्रधानमन्त्री र गृहमन्त्री समेत हुनुहुन्छ । त्यसो हुँदा मुद्दाको अनुसन्धानमा असर पर्छ । उहाँले मार्गप्रशस्त गर्नुपर्छ,ु वरिष्ठ अधिवक्ता श्रेष्ठले भने ।

उनले यसो भनिरहँदा न्यायाधीश खतिवडा हाँसेका थिए, तर कुनै प्रतिक्रिया दिएनन् ।

अर्का वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले यो विषयलाई संवैधानिक इजलासमा लैजान माग गरे । जवाफमा न्यायाधीश खतिवडाले आवश्यक परे ु१० जनाको लार्जर बेन्चुमै पनि लैजान सकिने बताए । यस रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, शिवकुमार यादव तथा निवेदक अधिवक्ता ज्ञानेन्द्र आरणले पनि बहस गरेका छन् ।

प्रहरी कार्यालयहरूमा जाँदा जाहेरी लिन नमानेकाले कम्तीमा जाहेरी दर्ता भएर अनुसन्धान होस् भन्ने आफूहरूको माग रहेको उनीहरूले बताएका थिए ।

तपाईको प्रतिक्रिया