माधव नेपाललाई समवेदना दिन अध्यक्ष ओली शङ्खमूलमा

  फागुन २४, २०७९

काठमाडौँ, फागुन २४ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिनुभएको छ ।

आज बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुग्नु भई अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालका भाइ तथा नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनमा अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुग्नुभएको थियो ।

शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते हुनुभएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो ।

तपाईको प्रतिक्रिया